काठमाण्डु– काठमाडौं महानगरपालिकाका कर्मचारीहरूलाई तलब दिन सात दिनको अल्टिमेटम दिइएको छ।
स्थानीय तह कर्मचारी संघले आज विज्ञप्ति जारी गर्दै कर्मचारीलाई तलब दिन एक हप्ताको समय दिएको हो ।
संघका अध्यक्ष नारायणप्रसाद शर्माले तोकिएको समयमा तलव नआए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीहरूले तीन महिनादेखि तलब पाएका छैनन्।
विज्ञप्तिमा भनिएको छ। ‘सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासका लागि पहल गनुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छृंखल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरी थप समस्याको सिर्जना गर्न उद्धत देखिनुले समस्या हल गर्नतर्फ होइन, आआफ्नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ, महानगरको समस्या र हाम्रो मागलाई बेवास्ता गरी अझ उत्तेजित हुँदै समस्या लम्ब्याउने, बल्झाउनेतर्फ उद्दत भई आम कर्मचारीको समस्या हप्ताभित्र समाधान नगरेमा सम्पू्र्ण पेशाकर्मीहरू एकत्रित भज्ञ समग्र महानगरवासीको हित र कर्मचारीको हक सुनिश्चितताको लागि कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने ।’ विज्ञप्तिमा भनिएको छ।’

प्रतिक्रिया