दोस्रो पटक पार्टीबाट निष्कासित गरेकोमा देउवालाई बधाई छ : कर्ण मल्ल (अन्तर्वार्ता) 

दोस्रो पटक पार्टीबाट निष्कासित गरेकोमा देउवालाई बधाई छ : कर्ण मल्ल (अन्तर्वार्ता) 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ल पार्टीबाट निष्कासित भएका छन्। मंगलबार पार्टीको विधान विपरित हुने कार्य गरेको भन्दै मल्ललाई साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको हो ।  आगामी स्थानीय तहको निर्वाचनका लागि मल्ल पक्षले नेपाली कांग्रेस बिपीको तर्फबाट एमालेसँग तालमेल गर्दै जिल्लामा डडेल्धुरामा उम्मेदवारी मनोनयन गराएको थियो ।

सोही कारण मल्ललाई पार्टी सदस्यबाट हटाइएको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट स्रोतको दावी छ । पार्टीको १४ औँ महाधिवेशनबाट रुष्ट बनेकाे मल्ल पक्षले भने आफूहरू नभई सभापति देउवाले पार्टीको विधान विपरित कार्य गर्दै आएको आरोप लगाएको छ । देउवाले के कर्ण मल्ल पक्षमाथि दमन गरेकै हुन् ?, कर्ण मल्ल पक्ष किन स्थानीय तहको चुनावमा अलग्गियो ? प्रस्तुत छ यीनै विषयमा केन्द्रित रहेर कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्लसँग काठमाण्डुपाटीका लागि टक खातीले गरेको कुराकानीको सम्पादित अंशः

तपाईँहरू नेपाली कांग्रेसमै हुनुहुन्छ या पार्टी परित्याग गरिसक्नु भयो ? 

हामीले पार्टी परित्याग गरेका छैनौँ ।

तपाईँहरु फरक चुनाव चिन्हबाट नेकपा एमालेसँग चुनावी तालमेल गर्दै हुनुहुन्छ । डडेल्धुरामा कर्ण मल्ल पक्ष नेपाली कांग्रेसबाट बाहिरियो भन्ने हल्ला पनि व्यापक छ । यसलाई कसरी हेर्ने ? 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भन्दा बाहिर राखेका साथीहरूले कांग्रेस (विपी) को करुवा चिन्ह लिएर उम्मेदवारी दर्ता गर्नु भएको छ । नेपाली कांग्रेस (विपी) बाट हामीले निर्वाचन लडेका हौँ तर हामीहरू नेपाली कांग्रेसमै छौँ । देउवाले गरेको दमनका कारण हामीहरू शिर्ष नेताहरुको सल्लाहमा स्थानीय तहको चुनावमा अलग्गिएका हौँ । चुनावमा अलग्गिदैँमा पार्टी नै त्याग गरेको भन्न मिल्दैन् ।  देउवाले चाहि पाँच दलीय गठबन्धन गर्न हुने ।

हामीलाई पार्टीको १४ औँ महाधिवेशनमा त सहभागि हुन दिनु भएन अब हामी निर्वाचनमा भाग लिन्छौँ हाम्रो अविभावकत्व लिइदिनुहोस् भन्ने आग्रहलाई अस्वीकार गर्ने । उहाँले हसिया, हतौडामा, कलममा, गिलासमा, साइकलमा भोट दिनुपर्छ भनेर निर्देशन दिन हुने । अनि उहाँले गरेको दमनका कारण अलग चिन्ह रोजेर चुनावमा जानु कुनै गलत कुरा होइन ।

पार्टीको विधान विपरित काम गरेको भन्दै तपाईँलाई साधारण सदस्य समेत नरहने गरि निस्कासन गरिएको छ नी ? 

उहाँले मलाई पार्टीको सदस्यबाट तिन पटक निकाल्ने प्रयास गर्नु भयो र यसभन्दा अघि एक पटक निकाल्नु भएको थियो । अहिले पनि पार्टीबाट बाहिर निकाल्नुभयो यो मेरो जीवनका लागि अप्रत्याशित घटना  होइन ।  अर्को कुरा जनु पार्टीको केन्द्रीय सभापति आफै पार्टीको विधान विपरित हिड्नु भएको छ । उहाँले हामीलाई अथार्त हामी जस्ता कार्यकर्तालाई विधान विपरित काम गरेको भनेर आरोप लगाउनु कुनै अस्वभाविक कुरा होइन् ।

उहाँले गठबन्धन गरेर चुनावमा जान मिल्ने । उहाँले पीडा दिएका कांग्रेसका कार्यकर्ताहरुले फरक चुनाव चिन्ह लिएर निवार्चनमा जानु कुनै अपराधको विषय होइन । उहाँले गरेका हरेक कुरा असल हुने र कार्यकर्ताले पीडा सहन नसकेर गरेका निर्णय खराब हुने भन्ने कुराहरु यो दुनियाको राजनीतिमा कहिँ पनि हुदैन् ।

तपाईँको कारणले डडेल्धुरामा स्थानीय तहको चुनावमा नेपाली कांग्रेस कजोर बनको भन्ने आरोप छ । मैले पार्टीको हिसाबबाट गलत गरेको रहेछु भन्ने महशुस भएको छ की नाई ? 

डडेल्धुरामा नेपाली कांग्रेस कमजोर भएको मेरा कारणले होइन । यो सभापति देउवा ज्युको कारणले भएको हो ।

त्यसो भए डडेल्धुरामा नेपाली कांग्रेस कमजोर बन्नुमा सभापति देउवाको गल्ति छ ? 

हो ! डडेल्धुरामा नेपाली कांग्रेभित्र जति पनि घटना घटेका छन् सबै उहाँकै कारणले घटेका हुन् ।  उहाँले गरेका हरेक कदम गलत छन् । देउवाले जसरी अहिले निरङकुशताका हिसावले देश चलाउनु भएको छ । त्यसरी नै पार्टीमा पनि विधान विपरित काम गरिराख्नु भएको छ ।

डडेल्धुरामा नेपाली कांग्रेस कमजोर हुनुमा त्यसकै प्रतिफल हो । मेरा कारणले हो ? मैले त पार्टीको १४ महाधिवेशनमा समेत भाग लिन पाएन । म भनेको त अधिवेशनबाट बहिस्कार गरिएको पार्टीको जिल्ला सभापति हो । अब पनि मेरो दोष छ भन्न मिल्छ ? त्यसकारण  डडेल्लधुरामा नेपाली कांग्रेसभित्र जति पनि घटना, परिघटना घटेका छन् । यो सब केन्द्रीय सभापति तथा सम्मानिय प्रधानमन्त्री देउवा ज्युको कारणले हो ।

डडेल्धुरामा नेपाली कांग्रेसको निर्वाचन नतिजा राम्रो आउँदैन भन्ने आकँलन गरिएको छ । यसमा तपाईको बुझाईँ के छ ? 

त्यो मैले राम्रो आउँदैन भनेर राम्रो नआउने र मैले राम्रो आउने भनेपछि राम्रो आउने भन्ने हुँदैन् । निर्वाचनमा देउवता भनेका जनता हुन् । जनताले कुन चिन्हका कस्ता उम्मेदवारलाई जिताउनु हुन्छ । ३० गतेको चुनाव पछि आउने मतपरिमाणले थाहा हुन्छ ।

तपाईँलाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निस्कासन गरिसकेको छ । अब तपाईँको भावि योजना के छ ? 

अहिले म गाउँमा भएकाले मेरो भावि योजना केहीँ छैन । मेरो भावि योजनाको बारेमा पत्रकार सम्मेलन गरेर बन्नेछु । अर्को कुरा म निरन्तर पार्टीभित्र सत्यका पक्षमा, न्यायका पक्षमा र विधानका पक्षमा सधै आवाज उठाउँदै आएको कार्यकता हुँ । म नेपाली कांग्रेसमा प्रवेश गरेको ३२ वर्ष पुगिसक्यो । पार्टी सभापति देउवाले हामीमाथि सधै दमन गर्नुभयो । महाधिवेशनबाट बाहिर राख्ने महाषडयन्त्र गरेर अहिले चाहिँ उहाँले स्थानीय तहको निर्वाचनमा आएर पार्टीको साधारण सदस्य समेत नरहने गरि निकाल्नु भयो । पार्टीबाट दोस्रो पटक निकालेकोमा नेपाली कांग्रेसका केन्द्रीय सभापति देउवालाई हार्दिक बधाई दिन चाहान्छु ।