कर्णाली तर्फका हवाई उडान बन्द हुंदा पांच सय भन्दा बढी यात्रु अलपत्र

कर्णाली तर्फका हवाई उडान बन्द हुंदा पांच सय भन्दा बढी यात्रु अलपत्र


बांके – निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ । आइतबार सांझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताए ।

नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहँंदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहांका विभिन्न होटलमा अलपत्र परेका छन् । कर्णालीबाहेक काठमाडौंको उडान मात्र नियमित रहेको सो कार्यालयले जनाएको छ ।