कर्णालीका ४ जिल्ला २ दिनदेखि अन्ध्यारोमा

कर्णालीका ४ जिल्ला २ दिनदेखि अन्ध्यारोमा


काठमाण्डु-दैलेख–सुर्खेत विद्युत प्रसारण लाइनमा समस्या आएपछि कर्णाली प्रदेशका ४ जिल्लामा विद्युत आपूर्ति बन्द भएको छ ।

दैलेख, कालीकोट, जुम्ला र मुगुमा विगत दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको हो ।

अहिलेसम्म प्रसारण लाइनमा कहाँ र के समस्या आएको हो पत्ता लगाउन नसकेकाले मर्मतमा समस्या आएको नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालय प्रमुख शम्भु कुशियैत यादवले बताए । प्राविधिक टोलीले विद्युत प्रसारण लाइनमा जाँच गरिरहेको उनले बताए ।

बिहीवारदेखि विद्युत सेवा अवरुद्ध हुँदा त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । विद्युत् सेवा ठप्प भएपछि इन्टरनेट, टेलिफोन लगायतका सञ्चार माध्यम र विभिन्न सरकारी तथा निजी कार्यालयको काम नियमित हुन सकेको छैन ।