कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन आजबाट अन्त्य भएको छ ।

सभामुख राजबहादुर शाहीले नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा २ बमोजिम चालू पहिलो अधिवेशन आज राति १२ः०० बजेटबाट अन्त्य हुने घोषणा गरेका हुन्।

यसअघि कर्णाली प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले कर्णाली प्रदेशसभाको चालू पहिलो अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष सिफारिस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले पेश गरेको निर्णयसहितको प्रस्ताव स्वीकृत गरेको थियो ।

पहिलो अधिवेशन अवधिभर २२ वटा बैठक भएको र त्यसअन्तर्गत सभाका पदाधिकारी चयन, विषयगत समितिहरुको गठन, कानुनहरु तर्जुमा गर्ने सम्बन्धमा बनेको प्रदेशसभा नियमावली २०७४, प्रदेश सरकारको आर्थिक कार्यविधि विधेयक २०७४, प्रदेश सरकारको आ.व ०७४÷०७५ को नीति तथा कार्यक्रम र विनियोजन विधेयक लगायत महत्वपूर्ण निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । रासस