कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा दुई जना बेपत्ता

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा दुई जना बेपत्ता


काठमाडौं – कर्णाली नदीमा सोमबार सांझ डुंगा दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। उनीहरु दशैं विदा मनाउन कर्णाली नदीको किनारमा पुगेका थिए ।

वेपत्ता हुनेहरुमा जोशीपुर गाउँपालिका-६ का २३ वर्षीय पुरुषोत्तम चौधरी, सोही गाउँपालिका २ का २२ वर्षीय समिर बडेला रहेको प्रहरीले जानकारी दिएको छ ।

बर्दगोरिया गाउँपालिका वौनियाका दुसान्त हमाल (३२ वर्ष), चक्र विडारी (२२) र डुंगा चालक मोहन्याल गाउँपालिका ७ का प्रकाश विष्ट भने पौडिएर बाँचेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र केसीका अनुसार उनीहरु चढेको डुंगा अनियन्त्रित भइ पल्टिएको थियो ।

सवार पाँच जनामध्ये अन्य तीन जनाले भने पौडेर ज्यान जोगाएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बेपत्ताहरूको मंगलबार बिहानैदेखि सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा खोजी भइरहेको बताइएको छ । डुंगा दुर्घटना भएकै दिन सोमबार साँझ परिसकेकाले खोजी हुन नसकेको प्रहरीले जनाएको छ।