कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह आज हुँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह आज हुँदै


काठमाण्डु-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह आज हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दीक्षान्त समारोहको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार प्रतिष्ठान स्थापना भएको १३ वर्षपछि पहिलो पटक दीक्षान्त समारोह आयोजना हुन लागेको हो ।

समारोहमा जनस्वास्थ्य, नर्सिङ, र चिकित्साशास्त्र विषयमा स्नातक तथा स्नातकोत्तर तहका ५६ जना विद्यार्थीहरूलाई दीक्षित गरिनेछ ।

बीपीएचका दुई ब्याचका ३८ विद्यार्थी, बीएमएसका १३ विद्यार्थी र एमडीजीपी, एमडी एनेस्थेसिया, एमडी पेडियाट्रिक्स विषयका ५ विद्यार्थी दीक्षित हुनेछन् ।

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहसँगै प्रतिष्ठानको शैक्षिक भवन र तिलगंगा आँखा अस्पतालको सहयोगमा सञ्चालन हुन लागेको आँखा केन्द्रको पनि उद्घाटन गर्ने कार्यक्रम छ ।