कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह आज हुँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह आज हुँदै


काठमाण्डु-जुम्लाको सदरमुकाम खलंगामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह आज हुँदैछ । प्रथम दीक्षान्त समारोहको आयोजनामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला वाँदैछन् ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले ५८ जना विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम छ ।

शिक्षाध्यक्ष डबलबहादुर धामीका अनुसार स्नातकतर्फ वीपीएचमा ३८, एमबीबीएसमा १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरेर ५८ जना विद्यार्थी दीक्षित हुन योग्य छन् ।

दीक्षान्त समारोहअघि प्रतिष्ठानको सभा बैठक बस्ने र दीक्षान्त समारोहपछि शैक्षिक भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिष्ठानले स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा योगदान पु¥याइरहेको छ । प्रतिष्ठानसभा बैठकमा भावीयोजना र भइरहेका गतिविधि बारेमा छलफल हुने छ ।