कर्णाली प्रदेश सभाको बैठक दिउंसो १ बजे बस्दै : नीति तथा कार्यक्रम प्रस्तुत गरिने

कर्णाली प्रदेश सभाको बैठक दिउंसो १ बजे बस्दै : नीति तथा कार्यक्रम प्रस्तुत गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश हुने भएको छ । आइतबार प्रदेश प्रमुख समक्ष पेश गरेको कार्यक्रमका आज प्रदेश बैठकमा पेश हुन लागेको हो । आज बस्ने कर्णाली प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आइतबार मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनाल समक्ष पेश गरेका थिए ।

मन्त्रिपरिषदबाट स्वीकृत सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ । शनिबारको मन्त्रिपरिषदको बैठकबाट सरकारको नीति तथा कार्यक्रम स्वीकृत भएको थियोे ।

प्रदेश सरकारको निति तथा कार्यक्रममा संघीय सरकारले चालु आर्थिक वर्ष २०७४-७५का् लागि प्रदेश सरकारलाई खर्च गर्न दिएको बजेटको आधारमा नीति तथा कार्यक्रम ल्याइएकोे हो । संघीय सरकारले प्रदेश सरकारलाई एक अर्व दुई करोड पाँच लाख बजेट दिएको थियो । नीति तथा कार्यक्रममा प्रदेशको पूर्वाधार विकास, सडक, कृषि, पर्यटन क्षेत्रको विकासलगायत कर्णाली प्रदेशको सम्भावनाहरुको सम्भाव्यता अध्ययन गर्ने योजनाहरु समावेश गरिएको प्रदेश सरकारले जनाएको छ ।