कर्णाली प्रदेशसभा बैठक आज बस्दै

कर्णाली प्रदेशसभा बैठक आज बस्दै


सुर्खेत – कर्णाली प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ । करिब एक महिनादेखि स्थगित भएको प्रदेशसभाको बैठक आज बस्न लागेको हो ।

संसद सचिवालयका सचिव राजेश पौडेलले यो बैठकमा कार्य व्यवस्था परामर्श समिति गठन, प्रदेश सरकारको आर्थिक कार्यविधि सम्बन्धी विधेयक २०७४ र संसद नियमावली मस्यौदा पेश हुने कार्यसूचि रहेको जानकारी दिए ।

बैठकमा सांसदहरुले विशेष समय लिएर बोल्न पाउने भएका छन् । सांसदहरुका लागि कर्णाली प्रदेशको संसद बैठकमा विशेष समय सम्बन्धी व्यवस्था गरिएको यो पहिलो पटक हो ।  बैठक आज दिउँसो १ बजे बस्दैछ ।