तीन ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

तीन ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध


काठमाण्डु-अविरल वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शनिबार रातिदेखिको वर्षाको कारण सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्ग अन्तर्गत दैलेख–कालिकोट खण्डको दहीखोला, एसमोड र गगनेखोलामा पहिरो खसेको छ । पहिरोले सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

आज बिहानदेखि नै पहिरो पन्छाएर गाडी सञ्चालनको प्रयास भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।