कर्णालीका सबै स्थानमा मतदान जारी

कर्णालीका सबै स्थानमा मतदान जारी


काठमाण्डु-स्थानीय तहमा रिक्त कर्णालीका आठ पदका लागि मतदान जारी छ ।

कर्णाली कर्णाली प्रदेशअन्तर्गत नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदका लागि उपनिर्वाचन भइरहेको छ ।

निर्वाचन आयोगका सहप्रवक्ता दुर्गा चालिसेले कर्णालीका उपनिर्वाचन हुने सबै स्थानमा निर्धारित समयमै मतदान सुरु भएको जानकारी दिए । कर्णालीमा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका– ४, जाजरकोटको कुसे गाउँपालिका– ७, डोल्पाको

त्रिपुरासुन्दरी नगरपालिका– ५ र रुकुमपश्चिमको सानीभेरी गाउँपालिका– ५ मा वडाध्यक्ष पदमा उपनिर्वाचनका लागि मतदान भइरहेको छ ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि भइरहेको मतदानका लागि १६ मतदानस्थलमा २४ मतदान केन्द्र तोकिएको छ । नलगाडको उपप्रमुखका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, जाजरकोटकै कुसे गाउँपालिका– ७ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थल र दुई मतदान केन्द्र तोकिएको छ । यहाँ वडाध्यक्ष पदका लागि चार जना चुनावी मैदानमा छन् ।

दैलेखको महाबु गाउँपालिकामा नौ मतदानस्थल र १६ मतदान केन्द्र तोकिएका छन् । महाबुको अध्यक्षका लागि सात जना चुनावी मैदानमा छन् । दैलेखकै दुल्लु नगरपालिका– १३ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । त्यसका लागि दुई मतदानस्थल र चार मतदान केन्द्र तोकिएको छ । दुल्लु– १३ को वडाध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।