काठमाण्डु – उड्डयन सेवा प्रदायक कम्पनीहरूको हवाई भाडा अनुगमन गर्न कार्यदल गठन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयको पर्यटन महाशाखाको नेतृत्वमा क्यान, पर्यटन मन्त्रालय, नेपाल प्रहरी लगायतको सहभागिता रहने गरी कार्यदल गठन गरेका मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।
बुधबार मन्त्री पाण्डेले एयरलाइन्स कम्पनीहरूलाई आफूले लिएको भाडादर बुझाउन बिहीबार साँझ ४ बजेसम्मको समय दिएकोमा ११ वटा एयरलाइन्सले भाडादरको सूची बुझाएका प्रवक्ता लामिछानेले जानकारी दिए ।
हाल नेपालमा साढे २ दर्जन वायुसेवाले सेवा दिँदै आएका छन् । नेपाल एयरलाइन्सले भाडादर सार्वजनिक गरेको छ ।
कार्यदलले मन्त्रालयलाई बुझाइएको भाडादर र यात्रुसँग लिइएको भाडाबारे अध्ययन गर्ने र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ । समितिले २–३ दिनभित्रै भाडादर अनुगमनको प्रारम्भिक निष्कर्ष दिने जनाइएको छ ।
प्रतिक्रिया