भारत प्रशासित जम्मु काश्मिरमा छ जना लडाकूको मृत्यु

भारत प्रशासित जम्मु काश्मिरमा छ जना लडाकूको मृत्यु


काश्मिर –सधैं अशान्त भइरहने भारत प्रशासित जम्मु काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा छ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काश्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट ४८ किलोमिटर दक्षिणमा शुक्रबार बिहानै गोली चलेको थियो । भारतीय प्रहरी र सैनिकको संयुक्त गस्तीमा आतङ्कवादी आक्रमण भएलगत्तै दोहोरो भिडन्त भएको बताइएको छ ।

गुप्तचर निकायले दिएको सूचनाअनुसार सुरक्षा अधिकारीहरुले शङ्कास्पद व्यक्तिहरु रहेको सूचना पाएलगत्तै सो इलाकालाई सुरक्षाकर्मीले घेराबन्दी गरेका थिए । काश्मिरको स्वतन्त्रताका लागि लामो समयदेखि सशस्त्र सङ्घर्ष जारी छ । भारत र काश्मिरमा बाँडिएको काश्मिरका विषयमा भारत र पाकिस्तानबीच दुई वटा युद्ध भइसकेका छन् ।सिन्ह्वा