एजेन्सी – भारत प्रशासित जम्मु-कश्मिरको पुलवा जिल्लामा सुरक्षा फौजमाथिको घातक हमला र विखण्डनमा लागिपरेकाहरुमाथि विशेष कारबाहीमा शुक्रबार राति जम्मू-कश्मीर लिबरेसन फ्रन्ट(जेकेएलएफ) का प्रमुख यासिन मलिकलाई प्रहरी हिरासतमा लगिएको छ ।
जम्मू कश्मिरको पुलवा जिल्लामा सीआरपीएफको टोलीमाथि भएको आतंकवादी हमलाको आठ दिनपछि यो कारबाही अघि बढेको हो । भारतीय समाचार एजेन्सीले बताएअनुसार अन्य विखण्डनकारी नेताहरुलाई भने पक्राउ गर्न सकिएको छैन । अहिले त्यहाँ प्रहरी र अर्धसैनिकहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ ।
समाचारका अनुसार यासिन मलिकलाई गएराति उनको मायसुमास्थित आफ्नै घरबाट हिरासतमा लगिएको थियो । त्यहाँबाट पक्राउ गरेपछि प्रहरीले उनलाई कोठीबाग थाना लिएर गएका छन् । उनलाई २६ फेबरुअरीको आसपासमा भारतीय संविधान अनुच्छेद ३५ को ‘ए’ मा रहेर सजाय सुनाइने बताइएको छ ।
योभन्दा अगाडि पुलवामा हमलापछि सरकारले यासिन मलिक र अन्य केही नेताहरुको सुरक्षा फिर्ता लगेको थियो ।
प्रतिक्रिया