काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम

काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम


नयाँदिल्ली- भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ ।मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षले घोषणा गरेकाे हाे ।

‘केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र काश्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको छ,’ केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले ट्वीट गर्दै भनेका छन् । उनले यस निर्णयले शान्तिपूर्ण वातावरणमा रमजान पर्व मनाउन त्यस क्षेत्रका मुस्लिम समुदायलाई सघाउ पु¥याउने विश्वास लिइएको बताएका छन् ।

सरकारको तर्फबाट भएको युद्धविरामप्रति सरोकारवालाहरूबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको सिंहले भनेका छन् । भारत नियन्त्रित काश्मिरका मुख्य मन्त्री मेहबुब मुफतीले केन्द्रीय सरकारको निर्णयको स्वागत गरेका छन्। उनले यस्ता निर्णयले वार्ताको वातावरण बनेर दीर्घकालीन शान्ति स्थापनाका लागि सहयोग पुग्ने विश्वास लिएका हुन् ।

काश्मिरमा गत सन् १९८९ देखि दुई देशका बीच लडाई भइरहेको छ ।