तेहरान – अमेरिकी आक्रमणमा मारिएका इरानी रिभोलुसनरी गार्डको कु्र्द फोर्सका प्रमुख जनरल कासिम सुलेमानी आफ्नो देशमा व्यापक लोकप्रिय थिए ।
गत वर्षको एक सर्भेमा सुलेमानीको लोकप्रियता आफ्ना देशका राष्ट्रपति हसन रुहानीको भन्दा पनि बढी पाइएको थियो ।
इरानको पोलिङ एजेन्सीले अमेरिकाको मेरिल्यान्ड युनिभर्सिटिसँग मिलेर २०१८ मा यो सर्भे गरेको थियो । यो सर्भेमा सुलेमानीलाई ८३ प्रतिशत मानिसले आफ्नो मन परेको नेता मानेका थिए ।
राष्ट्रपति रुहानी तथा विदेश मन्त्री जायद जरिफको लोकप्रियता यो भन्दा कम पाइएको थियो । यद्यपि सुलेमानीले सधै देशको राष्ट्रपतिप बन्ने कुनै इच्छा नभएको बताउँदै आएका छन् ।
विशेषगरी अमेरिकाकोतर्फबाट इरानलाई ध्वस्त पार्ने धम्की प्राप्त भएपछि सुलेमानीले दिएको जवाफले उनलाई जनताबीत हिरो जस्तैनै बनाएको थियो ।
ट्रम्पले युद्ध सुरु गरेमा त्यसको अन्त्य आपूmहरुले गर्ने सुलेमानीले बताएका थिए ।
प्रतिक्रिया