कस्तुरीकाे बीनासहित ठमेलबाट चार जना पक्राउ

कस्तुरीकाे बीनासहित ठमेलबाट चार जना पक्राउ


काठमाडौं– कस्तुरीको बीनासहित ठमेलमा चार जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूकाे साथबाट तीन वटा वीना समेत बरामद गरेकाे छ ।

कस्तुरीकाे बजार खाेज्दै हिडेका चार जनालाइ ग्राहक बनेर गएका प्रहरीले बुधबार बेलुकी ठमेल ज्याठाबाट पक्राउ गरेकाे हाे । बीना सहित पक्राउ पर्नेमा काभ्रे भुम्लुका दिपक नेपाली, रामेछाप गाेकुलग‌गाका अर्पण सुनुवार, रामेछाप बेथानका उज्वल पाण्डे र सल्यान कालागाउँका जीवन बस्नेत छन् ।