कस्तुरी, मृगलगायत वन्यजन्तु पाल्न पाँच जिल्लामा व्यवसायिक फर्म स्थापना गरिने

कस्तुरी, मृगलगायत वन्यजन्तु पाल्न पाँच जिल्लामा व्यवसायिक फर्म स्थापना गरिने


काठमाण्डु – सरकारले पाँच जिल्लामा कस्तुरी मृग लगायतका वन्यजन्तु पालनको व्यवसायिक फर्म स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र८२ को बजेट भाषणमा यस्तो घोषणा गरेका हुन् ।

उनले भने, ‘म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यवसायिक फर्म स्थापना गरिने छ ।’

यो कार्य निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा गरिने अर्थमन्त्री पुनले बताए ।