काठमाण्डु – नेकपा एमालेले काठमाण्डुमा शुक्रबार गरेको जागरण सभाका क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै काठमाण्डु महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गरेको छ ।
महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले एमाले मुख्य कार्यालय च्यासललाई पत्राचार गर्दै जरिवाना गरिएको जनाएका छन् ।
पत्रमा फोहोरमैला व्यवस्थापन ऐन २०६८ र काठमाण्डु महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम १ लाख रुपैयाँ जरिवाना गरिएको उल्लेख छ ।
प्रतिक्रिया