मैदान हिलो भएपछि काठमाण्डु र विराटनगरबीचको खेल रद्द

मैदान हिलो भएपछि काठमाण्डु र विराटनगरबीचको खेल रद्द


काठमाण्डु – चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत सोमबारको पहिलो खेल स्थगित भएको छ । कीर्तिपुरस्थित टियू मैदानमा सोमबार बिहान हुने भनिएको काठमाण्डु किंग्स र विराटनगर वारियर्सबीचको खेल आइतबार दिउँसोबाट भएको भारी वर्षाका कारण मैदान हिलो भएपछि टस नै नभइ स्थगित भएको हो ।

खेल रद्द भएपछि दुवै टिमले १ अंक बाँडेका छन् । दोस्रो खेल रद्द भएपछि काठमाण्डु तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा ललितपुर वारियर्सलाई पराजित गरेको काठमाण्डुको २ खेलमा ३ अंक भएको छ । यता, पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित विराटनगरको १ अंकमात्र छ ।