काठमाडौं– प्रहरीले काठमाडौंको बालाजुबाट १० किलो सुन बरामद गरेको छ । प्रहरी स्रोतकाअनुसार रसुवाको केरुङ नाका हुदै काठमाडौं भित्रिएको उक्त सुन बालाजु बाइपासबाट वरामद भएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले सुन बरामद भएको पुष्टि गरे । उनले सुनको परिणामबारे अहिले अनुसन्धान भइरहेको बताए ।
प्रहरीले सुन सहित सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई समेत पक्राउ गरेको छ । काठमाडौं प्रहरी सुरक्षा व्यवस्थामा कडाई गरेपछि चेकजाचका क्रममा उक्त सुन बरामद भएको हो ।
मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर तामाङले अवैध सुन काठमाडौं भित्राएको प्रहरीको दाबी छ ।
प्रतिक्रिया