एसईई विद्यार्थीलाई महानगरले गन्तव्यसम्म पुर्‍याइदिने

एसईई विद्यार्थीलाई महानगरले गन्तव्यसम्म पुर्‍याइदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने परीक्षाका लागि सवारी साधनको व्यवस्था गरेको छ ।

परीक्षा दिएर फर्किने क्रममा सवारी साधन उपलब्धन नभए विद्यार्थीहरूलाई गन्तव्यमा पुर्‍याउने व्यवस्था महानगरपालिकाले गरेको हो ।

समाजवादी मोर्चा र राजावादीहरूले शुक्रबार प्रदर्शनको तयारी गरेपछि सार्वजनिक सवारी साधन अवरुद्ध हुने भएपछि महानगरले एसईई विद्यार्थीलाई सवारी साधनको व्यवस्था गर्दै गन्तव्यसम्म पुर्‍यादिने भएको छ ।

महानगरले सूचना जारी गर्दै विद्यार्थीलाई गन्तव्यमा पुग्न समस्या भए सम्पर्क गर्न आग्रह गरेको छ । महानगरले निम्न फोन नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

सम्पर्क व्यक्ति र स्थान

वानेश्वर क्षेत्रमा रहेका विद्यार्थीले दिनेश कुमार अर्याल (९८५१०६८०९६)

रत्नपार्क क्षेत्रका विद्यार्थीलाई मनोज प्रसाद लामिछाने (९८५१०९३१७६)

नयाँ बसपार्क क्षेत्रका विद्यार्थीले पूर्णचन्द्र भट्ट (९८५१२३३६३३)

टेकु क्षेत्रका विद्यार्थीले प्रकाश पण्डित (९८५१०५६३४६)

साथै हटलाईन ०१५९०१७६४ र ९८५१३५६५०९ मा पनि सम्पर्क गरेर बस सेवा लिन सक्ने महानगर प्रहरी बलले जानकारी दिएको छ ।