काठमाण्डु– काठमाण्डु महानगरपालिकामा प्रहरी तैनाथ गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर हुन आउने भनिएपछि महानगरपालिका परिसरमा प्रहरी तैनाथ गरिएको हो ।
प्रक्रिया पूरा नगरी नक्सा पार गरेको भन्दै महानगरले गुरागाईंलाई जिम्मेवारीबाट हटाएको थियो । उनी आज कार्यालय आउने तयारी गरेपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजेको हो ।
महानगरका कर्मचारीहरूले भने सरकारले गुरागाईंलाई नै पठाएकाले हाजिर गर्न लगाएर काममा खटाउने पर्ने माग गरेका छन् ।
प्रतिक्रिया