काठमाण्डु- काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिएको छ । पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधन भएको शोकमा महानगरपालिकाले शोक बिदा दिएको हो ।
महानगरले आइतबार अत्यावश्यक सेवाबाहेक महानगर र मातहतका सबै कार्यालयमा शोक बिदा रहेको जनाएको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डंगोलको ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ ।
प्रतिक्रिया