पारसको उत्कृष्ट शतक, बागमतीले आर्मीलाई दियो २६७ रनको लक्ष्य

पारसको उत्कृष्ट शतक, बागमतीले आर्मीलाई दियो २६७ रनको लक्ष्य


काठमाण्डु – काठमाण्डु मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई २ सय ६७ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमती ४९.४ ओभरमा २ सय ६६ रनमा अल आउट भयो । बागमतीका पारस खड्काले १ सय ३३ बलमा ११ चौका र २ छक्का सहित १ सय १९ रनको सानदार शतकीय इनिङ खेले ।

बागमतीका ओपनर आकाश थापा गोल्डेन डकआउट भएपछि मैदान छिरेका पारसले १३३ बल खेलेर ११ चौका र २ छक्का हिर्काए ।

पारस आर्मीका सोमपाल कामीको बलमा ४३ ओभरको चौथो बलमा जितेन्द्र मुखियाबाट क्याच भएका थिए ।आकाशलाई पनि सोमपालले नै आउट गरेका थिए ।

पछिल्लो समय घरेलु प्रतियोगितामा खासै फर्ममा नरहेका पारसले प्रधानमन्त्री कप र मेयर्स कपको अघिल्ला खेलमा अर्धशतक समेत प्रहार गर्ने सकेका थिएनन् ।

जारी खेलमा पहिले ब्याटिङ गरिरहेको बागमतीले ४४ ओभरमा ७ विकेट गुमाएर २१४ रन जोडेको छ । दुवै टिमलाई फाइनल पुग्न खेलमा जितको आवश्यकता छ ।