काठमाण्डु बन्यो विश्वकै सबैभन्दा प्रदूषित शहर

काठमाण्डु बन्यो विश्वकै सबैभन्दा प्रदूषित शहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विश्वकै प्रदूषित शहरमा काठमाण्डु पहिलो स्थानमा सूचीकृत भएको छ ।

स्वीट्जरल्याण्डमा रहेको प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरका अनुसार सोमबार काठमाण्डुको वायु अस्वस्थकर तहमा पुगेको छ ।

काठमाण्डुको वायु प्रदूषणको अवस्था २५३ एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ । आईक्यूएअरका अनुसार भक्तपुर क्षेत्रमा पनि बढी वायु प्रदूषण छ ।

वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पीएम १० र पीएम २ दशमलव ५ को मापदण्डमा जाँचिन्छ ।

पीएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २ दशमलव ५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरुसँग सम्बन्धित छ ।