ओलीको निर्देशनपछि परिमार्जन गरियो केयु उपकुलपतिको उम्मेदवार सम्बन्धी कार्यविधि

ओलीको निर्देशनपछि परिमार्जन गरियो केयु उपकुलपतिको उम्मेदवार सम्बन्धी कार्यविधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौं विश्वविद्यालयले कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि नयाँ उपकुलपति नियुक्तिका लागि पहिला गरेको आवेदनलाई यथावत राखी पुनः आवेदन आह्वान गर्ने भर्एको छ । उपकुलपति शिफारिस समितिले डाक्टरहरूले पनि आवेदन दिन पाउने गरी कार्यविधि परिमार्जन गरेर पुनः आवेदन आह्वान गर्ने निर्णय गरेको हो ।

यसअघिको कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएकोमा डाक्टरहरूले विरोध गरेपछि कुलपती प्रधानमन्त्री ओलीले कुलपतिमा चिकित्शक पनि उम्मेदवार बन्न पाउने गरी कार्यविधि परिमार्जन गर्न निर्देशन दिएका थिए । त्यही निर्देशन अनुरुप पूर्वउपकुलपति प्रा.डा.सुरेशराज शर्मा नेतृत्वको सिफारिस समितिले कार्यविधि परिमार्जन गरेको हो ।

कार्यविधि परिमार्जन भएपछि मेडिकलको ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस गरेका डाक्टरहरू पनि उपकुलपतिमा आवेदन दिन पाउने भएका छन् ।

डाक्टरहरूले उजुरी गरेपछि विश्वविद्यालयको सिनेटमा कुलपति समेत रहेका प्रधानमन्त्रीले कार्यविधि परिमार्जन गर्न निर्देशन दिएका थिए । निर्देशन अनुरुप सिफारिस समितिले केयु उपकुलपतिको लागि डाक्टरहरूलाई पनि समेट्ने गरि नयाँ आह्वान गर्नेगरी कार्यविधि परिमार्जन गरेको हो ।

आवेदन दिएका पुरानालाई यथावत राख्ने र नयालाई थप आवेदन माग्ने तयारी रहेको सिफरिस समिति स्रोतले जानकारी दियो । अहिले विश्वविद्यालयमा कामु उपकुलपतिको रूपमा प्रा. डा. अच्युत वाग्ले छन् ।