काठमाण्डु– श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिवल (काभा) यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल भलिबल संघका पदाधपकारीले आइतबार त्रिभुवन विमानस्थलमा टीका र जमरा लगाएर स्वागत गरे ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपाली टोलीलाई स्वागत गर्दै खेलाडीहरुलाई दशैँको टीका लगाइदिए ।
पहिलो पटक भएको काभा यु-२० पुरुष भलिबलमा नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।
श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित हुँदै उपिजेता बनेको थियो ।
फाइनलमा नेपालले पहिलो सेट जितेर अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा उज्वेकिस्तानले पुनरागमन गर्दै लगातार तीन सेट जित्यो ।
प्रतिक्रिया