काठमाण्डु- काभ्रेमा बाढी पहिरोबाट अझै ८ जना बेपत्ता छन् । उनीहरूको खोजी जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
बेपत्ता ८ जना मंगलबार रातीसम्म नभेटिएको प्रहरीले जनाएको छ ।
बाढी पहिरोबाट तेमाल गाउँपालिकामा ४ जना, चौरिदेउराली १, नमोबुद्ध १ र धुलिखेलबाट १ जना बेपत्ता छन् । असोज १२ गतेको अविरल वर्षामा बेपत्ता भएकाहरू बुधबार बिहानसम्म खोजी जारी भए पनि भेट्न सकिएको छैन ।
बेपत्ताको खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली विभिन्न पालिकाहरुमा खटिएका छन् । तेमाल गाउँपालिका–२ बाट ३ वर्षीया बालिका प्रिया तामाङ र ६ वर्षीया बालिका अप्रिया तामाङ बेपत्ता छन् । उनीहरूको नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ ।
तेमालकै वडा १ बाट ७५ वर्षका दिलबहादुर भण्डारी र उनकी श्रीमती ७३ वर्षीय रुद्रकुमारी भण्डारी अझै बेपत्ता छन् ।
यस्तै, चौरी देउराली गाउँपालिकाबाट ४० वर्षकी शान्ता रिमाल, नम बुद्धबाट ७२ बर्षका गंगा बहादुर धिताल र धुलिखेलबाट ४२ वर्षकी गीता श्रेष्ठ अझै बेपत्ता छन् ।
जिल्लामा बाढी पहिरोबाट अहिलेसम्म ६७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया