नवलपरासीपूर्व – पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको घटनाको विरोधमा आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले तोडफोड गरेका छन् । बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको विरोधमा स्थानीयले आज नगरपालिका कार्यालयमा तोडफेड भएको हो ।
झण्डै २ सय जना स्थानीयले नगरपालिका बाहिर नाराबाजी गर्दै ढुंगा तथा इट्टा प्रहार गर्दा नगरपालिका भवनको पूर्वतर्फको झ्यालढोका फुटेका छन् ।
नाला पुरिँदा मृत्यु भएका कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृशव मध्यबिन्दु अस्पतालमा राखिएको छ ।
वर्षा लागेपछि काम सुरु गरेको, नगरपालिकाले उचित अनुगमन नगरेको तथा कार्यस्थलमा मजदुरको सुरक्षामा उचित ध्यान नदिएको आरोप लगाउँदै स्थानीयले बिहीबार राति नै नगरप्रमुख विष्णुप्रसाद भुसालको घर घेराउ गरेर नाराबाजी गरेका थिए ।
कावासोती नगरपालिकाको शुक्रबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले मृतक महिलाको शोकमा आज बिदा दिने निर्णय गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता पनि नगरपालिकाले गरेको छ ।
प्रतिक्रिया