खाली पेटमा नखानुस् यी खानेकुरा ! जानी राखाैं

खाली पेटमा नखानुस् यी खानेकुरा ! जानी राखाैं


काठमाडौं – आवश्यकताभन्दा बढी खाएको खानाले पेटमा खराबी हुनेमात्रै नभएर विष समान हुन्छ । यसले अन्य कैयन समस्याहरू पनि जन्माउँछ । हामीले एकदमै मनपराउने र दैनिकरुपमा खानेकुरा पेटमा समस्या पनि उब्जाउन सक्छ । कतिपय खानेकुरा अन्यसँगसँगै खायो भने पनि स्वास्थ्यमा प्रतिकुल असर पर्ने गर्दछ ।

जतिपनि खानयोग्य चिज छन्, सबैको केही न केही गुण हुन्छ । त्यसैले उचित मात्रामा, उचित समयमा खाइने खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, स्वास्थ्यका हिसाबले हेर्दा कुन खानेकुरा कहिले खाने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरुबेला फाइदाजनक भएपनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर पर्छ । खाली पेटमा खान नहुने खानेकुरा के(के हुन् भनेर ।

 सोडा- सोडा खाली पेटमा सेवन गर्नु हुँदैन । किनभने यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । यदि तपाईले यसलाई खाली पेटमा पिउनु भयो भने नराम्रो असर गर्छ ।

 गोलभेडा- गोलभेडा स्वादिलो हुन्छ र स्वस्थ्यकर पनि । यसलाई अचार बनाएर खान सकिन्छ, तरकारीमा मिसाउन सकिन्छ । सलादकै रुपमा पनि प्रयोग गर्दा हुन्छ । तर, गुणकारी गोलभेडा खाली पेटमा भने सेवन गर्नु हुँदैन । यसमा एसिड पाइन्छ, जसले खाली पेटमा रासायनिक क्रिया हुन्छ । यसले पेटमा अघुलनशिल जेल निर्माण गर्छ । यो जेल पेटमा स्टोन बन्ने कारण बन्न सक्छ ।

औषधि- धेरैजसो औषधि खाली पेटमा सेवन गर्दा प्रभावहीन मात्र हुने होइन, हानिकारक पनि हुन सक्छ । खाना खाइसकेपछि मात्र खाने औषधि आफुखुसी खाली पेटमा सेवन गर्नु हुँदैन ।

 मदिरा- त्यसो त मदिराले स्वास्थ्यमा नराम्रो असर र्पुयाउँछ । तर, खाली पेटमा यसको असर अझ बढी हानिकारक हुन्छ । खाली पेटमा मदिरा सेवन गर्दा त्यसको नकारात्मक प्रभाव शरीरमा पर्छ र अनेकौ रोगको जन्म दिन्छ ।

मसलेदार खाना- कहिलेपनि खाली पेटमा मसलेदार खानेकुरा सेवन गर्नु हुँदैन । त्यस्ता खानेकुराले पाचन यन्त्रमा गंभिर असर र्पुयाउन सक्छ ।

 दही- दही स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ । तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्छ ।

 केरा- केरा खानु राम्रो हो । तर, खाली पेटमा केरा सेवन गर्दा नराम्रो असर गर्छ । यसले शरीरमा म्यागनेशियम बढ्छ, जसले गर्दा क्याल्सियम र म्याग्नेसियको सन्तुलन बिग्रिन्छ ।

चिया-कफी- बिहान खाली पेटमा चियारकफीको सेवन पनि स्वास्थ्यका लागि लाभदायक छैन । खाली पेटमा चियारकफी पिउँदा कब्जियतको समस्या बढ्न सक्छ । यसले पाचन प्रक्रियामा पनि असजिलो पैदा गर्न सक्छ । खाली पेटमा पानीको सेवन भने राम्रो रहेको चिकित्सकहरुको भनाई छ ।

दूध हालेको चिया- बिहान उठेर चिया पिउनु त नेपालीको संस्कारजस्तै नै भइसक्यो । तर, तपाईं एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने होसियार रहनुस् । यसले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । एकबिहानै चिया पिउनै पर्यो भने पनि दूध नहालेको चिया पिउनु बेस हुन्छ ।