शसस्त्रमा एआईजीको खनालको अर्को बिवादस्पद निर्णयः विपत व्यवस्थापनको तालिममा लेखाअधिकृतको सिफारीस

शसस्त्रमा एआईजीको खनालको अर्को बिवादस्पद निर्णयः विपत व्यवस्थापनको तालिममा लेखाअधिकृतको सिफारीस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– शसस्त्र प्रहरी बलमा विपत् सम्बन्धी तालिममा लेखाअधिकृतलाई सिफारीस गरेको खुलासा भएको छ । चीन सरकारले दिने तालिममा दुई जना लेखा अधिकृतलाई गृहमन्त्रालयमा सिफारीस गरेपछि मुख्यालयमा हंगामा भएको छ ।

 

 

शसस्त्रको तालिम हेर्ने मानवस्रोत विभागका एआईजी शैलेन्द्र खनालले लेखाअधिकृत महेन्द्र हमाल र ताराबहादुर केसीलाई तालिममा सिफारीस गरेको स्रोतको दाबी छ ।

 

 

 

उनीहरु दुवै जनालाई ‘सर्च एण्ड रेस्क्यु’ सम्बन्धीको कामको कुनै अनुभव छैन् । शसस्त्रमा कुरिन्टारमा विपत्त व्यवस्थापन तालिम केन्द्र छ ।  तालिम केन्द्रमा भएका इन्सपेक्टरलाई तालिममा अवसर दिनुपर्नेमा आफु निकटकालाई तालिममा सहभागी गराएको भन्दै त्यसमा कार्यरत अधिकृतहरुले असन्तुष्टि जनाएका छन् ।

 

‘इन्फेन्ट्रीमा काम गर्ने र विपतका वेला काम गर्न सक्नेलाई उहाहरुले तालिममा पठाउनुपर्ने हो,तर आफुलाई आर्थीक लाभ हुने गरी उहाहरुले लेखापालहरुलाई तालिममा पठाउदै हुनुहन्छ ।’  शसस्त्रका एक अधिकारीले काठमाडौंपाटीसंग भने ।

 

दुवै जना शसस्त्रमा लामो समयदेखी लेखा क्षेत्रमा काम गर्दै आएका अधिकृत हुन । इन्सपेक्टर हमाल खनाल निकट लेखा अधिकृत मानिन्छन् । उनले विल मिलाएर खनाललाई सहयोग गर्दै आएको स्रोतको दाबी छ । आर्थीक रुपमा हमालको छवी समेत राम्रो मानिदैन ।

 

विपत पर्दा ज्यान जोखिममा राखेर काम गर्नेलाई भन्दा आफ्ना निकटकालाई खनालले तालिममा सिफारीस गरेको भन्दै शसस्त्रमा असन्तुष्टी छ ।  चीनमा विभिन्न तहका २२ जना अधिकृतले यसपटक तालिममा सहभागीता जनाउदैछन् ।

 

 

इन्सपेक्टर हमाललाई एआईजी खनालले नै मुद्दती सेवा निर्देशनालयमा सरुवा गरेका थिए । खनालले गरेको मनपरी निर्णयलाई शसस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले समेत आखा चिम्लेर सहि गरेका छन्  ।

 

यसअघि खनालले नै अमेरीकाको हवाईमा संचालित एपिसीसीएसको तालिममा वरियता मिच्दै एसएसपी कुलबहादुर नेम्वाङको नाम सिफारीस गरेका थिए । नेम्वाङ यसभन्दा अघिका आईजिपी दूर्ज राईका आफन्त हुन भने खनाल त्यतिबेला उनको पिए थिए ।

 

तलिममा सिफारीसको लागी शसस्त्रले प्रहरी नायब महानिरीक्षक प्रविण श्रेष्ठको अध्यक्षतामा बोर्ड गठन भएको थियो । स्रोतकाअनुसार खनालले हमाललाई र एआईजी प्रेम शाहीले शसस्त्र प्रहरी निरीक्षक केसीलाई तालिममा सिफारीस गर्न दबाव दिएका थिए ।

 

‘तालिमका लागी विशेषज्ञताको आधारमा नाम सिफारीस गर्नुपर्ने प्रावधान छ,तर उहाहरुले त्यसलाई बेवास्ता गर्दै आफु निकटकालाई पठाउनुभएको छ,यसले ज्यान फालेर उद्दारमा खट्नेहरुको मनोवल गिराउने काम भएको छ ।’ शसस्त्रका एक डिआईजीले काठमाडौंपाटीसंग भने ।

 

शसस्त्र प्रहरीका प्रवक्ता डिआईजी बावुराम पाण्डेले बोर्डले तालिमका लागी आवश्यक नियमलाई आधार मानेर सिफारीस गरेको दाबी गरे । उनले भने ‘विश्तृत विवरण मलाई पनि थाहा छैन्,तर उहाहरुलाई बोर्डले सिफारीस गरेको भन्ने मैले सुनेको हो ।’