सशस्त्रमा आईजिपी भए निरिह,सरुवामा पैसाको लेनदेन गरेको भन्दै एआईजी खनालमाथी लाग्यो यस्तो आरोप

सशस्त्रमा आईजिपी भए निरिह,सरुवामा पैसाको लेनदेन गरेको भन्दै एआईजी खनालमाथी लाग्यो यस्तो आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –सशस्त्र प्रहरी बलको प्रशासन विभाग प्रमुख प्रेम शाही छन् । तर,प्रशासन विभागबाट हुने सरुवालगायतका सबै काम एआइजी शैलेन्द्र खनालको योजना अनुसार हुने गरेको खबर छ । खनालले जे जे सूची दियो त्यही अनुसार शाहीले तामेली मात्रै गर्दै आएको गुनासो प्राप्त भएको छ ।

 

 

खनालकै योजना अनुुसार लेखापालको सरुवा गर्दा एआइजी शाहीले सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई समेत विवादमा तान्ने काम गरेका छन् । २०७४ भदौ १४ मा निकालेको ७१ लेखापाल(सई)को सरुवामा एआइजी शाहीले दरबन्दी नै नभएको ठाउमा समेत तोकेर सरुवा गरेको खबर छ । सशस्त्रले संचालन गरेका चारवटा पेट्रोल पम्पमा दरबन्दी हुदैन ।

 

 

 

सुरुमा आर्थिक प्रशासन निर्देशनालयमा सरुवा गरिन्छ । निर्देशनालयमा दरबन्दी कायम भइसकेका लेखापालमध्येबाट कसकसलाई पठाउने हो, काजमा खटाउने गरिन्छ । तर एआइजी खनालको योजनामा प्रशासन विभाग प्रमुख शाहीले पम्प तोकेरै लेखापाल सरुवा गरिएको छ । पेट्रोल पम्प सरकारी कार्यालय होइनन्, सामाजिक संस्था हुन् ।

 

 

तर आर्थिक चलखेल गरी तोकेरै सरुवा गरिएको गुनासो छ । यसरी नीति विपरीत सरुवा गरिएका लेखापालहरुमा सुनिल बस्नेत गुह्यश्वरी फ्युल स्टेसन भक्तपुर ठिमी, लक्ष्मण पौड्याल हल्चोक फ्युल स्टेसन स्वयम्भू, प्रेमसिंह घिसिङ मनिषा फ्युल स्टेसन अत्तरिया, काशीराम राई कालिका फ्युल स्टेसन पोखरा छन् । यी चार लेखापालबाट दररेट अनुसार असुली गरी पम्प तोकेरै सरुवा गरेको कुरा सशस्त्र मुख्यालय हल्चोकमा लेखापालहरुबीच नै चर्चाको विषय बनेको छ ।

 

 

पम्प तोकेरै सरुवा गर्ने क्रममा एक लेखापालबराबर ५ लाख रुपैया“ असुली गरेको आरोप छ । त्यस्तै सशस्त्र प्रहरी बलले लेखापाल सरुवामा गणबाट गण, सीसुकाबाट सीसुका नगर्ने नीति पनि उल्लंघन गरेको छ । यसरी गणबाट गण र सीसुकाबाट सीसुका सरुवा गर्दा पनि आर्थिक चलखेल भएको सशस्त्रका अधिकारीहरु बताउ“छन् । अर्जुन गुरुङलाई रक्तकाली गणबाट बिन्दबासिनी गणमा सरुवा गरिएको छ ।

 

वामदेव केसी बागेश्वरी गणबाट त्रिपुरा गण, दिनेश निरौला भद्रकाली गणबाट गुह्यश्वरी गण, प्रताप डीसी दक्षिणकाली गणबाट दक्षिणकाली भगवती गणमा सरुवा भएका छन् । गणबाट गणमा सरुवा हुनेमा रुद्रबहादुर बस्नेत चण्डिका गणबाट भद्रकाली गण, निराजन केसी गुह्येश्वरी गणबाट निलबाराही, दिलबहादुर खड्का शैलेश्वरीबाट बडिमालिका गण, रविन्द्र क्षेत्री कालिकाबाट चण्डिका गण, इन्द्रसिंह बोहरा उग्रताराबाट शैलेश्वरी गण छन् । त्यस्तै सीमा सुरक्षा कार्यालयबाट सीसुकामै सरुवा हुनेमा मनोज गुरुङ बाराबाट चितवन, यज्ञबहादुर थापा बा“केबाट कैलाली, अर्जुन वाग्ले नवलपरासीबाट सर्लाही, गणेश रेग्मी दाङबाट बाके, रामबहादुर श्रेष्ठ पर्साबाट सप्तरी, बद्रीबहादुर सोडारी बर्दियाबाट महोत्तरी, मछेन्द्र शाही सर्लाहीबाट बारा छन् ।

 

 

सशस्त्रमा लेखापालका लागि पेट्रोल पम्प, गण र सिसुका क्रमशः आकर्षक मानिन्छन् । सशस्त्रले यो बर्षदेखि महालेखा परीक्षकको सुझाव अनुसार लेखाको छुट्टै समूह बनाएको छ । जुन समूहमा सबैभन्दा वरिष्ठ डीएसपी होमबहादुर ज्ञवाली हुन् । उनलाई एआइजी खनालकै जोडमा लेखासमूहमा ल्याइसकिएको छ । सशस्त्रको कर्मचारी प्रशासनमा ५ बर्ष कार्यरत ज्ञवाली असई, सईमात्र होइन, एसपीसम्मको सरुवामा कोषराज वन्तदेखिका आइजीपीका मोलमोलाई गर्दैआएका थिए ।

 

 

एआइजी खनालले लेखा समूहमा डीएसपी ज्ञवालीलाई ल्याइसकेपछि प्रशासन विभागमा शाहीलाई लगेर लेखापाल सरुवामा कुस्त रकम उठाएको आरोप छ । शाही १५ दिनअघिमात्र प्रशासन विभागमा सरुवा भएका हुन् । आइजीपी हुनका लागि कोषको जोहो गर्न उनले शाहीलाई प्रशासन विभागमा लगेर सरुवामा मनपरी गर्न थालेको उदाहरण लेखापाल सरुवाले नै पुष्टी गरेको छ । आइजीपी सिंहबहादुर श्रेष्ठ छन्, तर सरुवामा खनालले मनपरी गर्दैआएका छन् । सांघु साप्ताहिक