‘खनालपुर’ विमानस्थलबाट काठमाडौंका लागि उडेको नक्कली विमान दुर्घटना !

‘खनालपुर’ विमानस्थलबाट काठमाडौंका लागि उडेको नक्कली विमान दुर्घटना !


काठमाडौं – ‘खनालपुर’ विमानस्थलबाट २८ यात्रु बोकेर काठमाडौंका लागि उडेको ‘नक्कली विमान’ दुर्घटनामा परेको छ । दुर्घटनास्थलमा दमकल र एम्बुलेन्सबाट आगो निभाउने र घाइतेको उद्धार गर्ने काम भैरहेको छ । विमानस्थलका कर्मचारी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन् ।

तर यो साँच्चिकै दुर्घटना नभई दुर्घटना भयो भने कसरी उद्धार गर्ने भन्ने बारेको अभ्यास हो । त्रिभुवन विमानस्थलमा विहीबार यसरी  अभ्यास गरिएको हो ।खनालपुर विमानस्थल भनेर काल्पनिक विमानस्थलको नाम दिइएको विमानस्थल कार्यालयले जनाएको छ । दुर्घटना भएमा कसरी तत्काल उद्धार गर्ने र क्षति हुनबाट जोगाउने भन्ने बारेमा अहिले अभ्यास भइरहेको हो ।

स्वास्थ्य मन्त्रालय र नागरिक उड्डन प्राधकिरणले विमानस्थलमा आकस्मिक अभ्यास गरेका हुन् । बिभिन्न प्राविधिक नाम दिएर आकस्मिक अभ्यास गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।