खानेपानी मन्त्रीले गरिन् बझाङ गौरवको लोकार्पण

खानेपानी मन्त्रीले गरिन् बझाङ गौरवको लोकार्पण


काठमाडौं – सहिद गाथा संग्रहित बझाङ गौरव लोकार्पण शनिवार विमोचन भएको छ ।  नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरको प्रमुख आथित्यतामा र बझाङ काठमाडौं संघीय सम्पर्कमञ्चका अध्यक्ष गणेश कुमार बुढाको सभापतित्वमा बझाङ जिल्लाकै गौरवपूर्ण इतिहास बोकेको सहिद गाथा पुस्तक राजधानीको नेपाल ल क्याम्पसमा  गौरव लोकार्पणमाबिमोचन भएको हो ।

नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य भैरब बहादुर सिंह , पूर्ब बनमन्त्री भानुभक्तजोशी , देबराज रेग्मी विशेष अथिति रहेको कार्यक्रममा युवापुस्ता र पूर्ब सांसद धर्मराज विक लगायतको उपस्तिथिमा बझाङ गौरवको विमोचन भएको थियो ।

मन्त्री मगरले भनिन् , “तिनै महान सहिदहरुको आधारभुत जानकारी सहिद,गाथा संग्रहित उत्कृष्ट लेख रचना साथै प्रगतिशील साहित्य समेटिएको सहिद गाथा संग्रहित बझाङ गौरव पुस्तकको लोकार्पण भएको छ” । लेखिएको इतिहास नै हस्तान्तरण हुने गर्दछ र भाबी पुस्ताले पनि इतिहास पढ्न पाउंछ्न, । बझाङको समग्र बिकासको पर्यटन सम्भावना देखी समग्र सुदुरपश्चिमको सम्भावना बोकेको खप्तड लगायतका ठाउंहरुको दीर्घकालीन बिकास हुनु जरुरी छ ।

अध्यक्ष गणेश बुढाले भने, “हामी कम्युनिस्ट पार्टी नेपालको महाअभियानमा छौँ” । आजको कम्युनिस्ट पार्टी निर्माण गर्दै,गर्दा महान जनयुद्ध र जनआन्दोलन संविधानसभा हुँदै आजको बामपंथी एकता र नेपाल कम्युनिस्ट पार्टी निर्माणको प्रक्रियामा हामी छौ, । हामी प्राय: जित्ने मानिसको मात्रै इतिहास देख्छौ ,सुन्छौ या भन्छौ ।पृथ्वीनारायण शाहको इतिहास हामी पढ्ने गर्छौं । तर विशे नक्र्चिको इतिहास कहिँ कतै सहजै भेट्न् सकिदैन । यी सबै तथ्यहरुको बीचबाट पनि कतिपय अलिखित इतिहासको एउटा पाटो जसले जनयुद्धमा सहादत प्राप्त गरे ।

बझाङ गौरवमा माओवादी केन्द्रको बझाङ जिल्लाको साङ्केतिक इतिहास मात्रै लेखिएको छैन , सहिदको गाथा पनि समेटिएको छ । यो पुस्तक बझाङ जिल्लाको हकमा माओवादी केन्द्रको इतिहासको अन्तिम अध्ययन,अझै कम्युनिस्ट अध्ययनको पहिलो पुस्तक साबित हुनेछ पुस्तकमा जनयुद्धमा सहादत प्राप्त गरेका र व्यपत्ता भएकाहरुको गाथा समेटिएको अध्यक्ष बुढाले बताए ।

वैशाख ३० गते प्रकाशन भएको बझाङ गौरवको विमोचन भने पार्टी एकिकरण प्रश्चात जेष्ठ १२ गते राजधानीमा विमोचन गरिएको हो ।