स्वीटजरल्याण्डलाई पछार्ने सुदुर नेपालको ‘भर्जिन’ सुन्दरता खप्तड (फाेटोफिचर)

स्वीटजरल्याण्डलाई पछार्ने सुदुर नेपालको ‘भर्जिन’ सुन्दरता खप्तड (फाेटोफिचर)


काठमाडौं – प्राकृतिक सौन्दर्यताको खानी खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइएको हो । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घांसे मैदान अर्थात पाटन रहेका छन् । स्वीटजरल्याण्डको जस्तै प्राकृतिक दृश्यहरु रहेको कारण पनि खप्तडले त्यो उपमा पाएको हो ।

तर प्राकृतिक दृश्यावालीहरुमा स्वीटजरल्याण्डलाई पनि माथ गर्ने, मनोरम, अनुपम र अद्भूत प्राकृतिक दृश्यावली भएको स्थान हो– सूदुर नेपालको खप्तड । सुन्दर घांसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि ५३ वटा थुम्काहरु छन् । जसलाई स्थानीय भाषामा झोती भनिन्छ । घांसे मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहांको आकर्षण हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउं हो ।

खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक पर्यटककिय हिसाबले समेत उपयुक्त गन्तव्य हो । धर्तीको स्वर्गका रूपमा मानिने खप्तड बाजुरा, बझाङ, अछाम र डोटी चार जिल्लाको केन्द्रमा रहेको छ । खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटीकय गन्तव्य हो । पौराणिक कालमा सिद्ध तथा ऋषिमुनीहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको छ । धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको यो क्षेत्रमा कौरव र पाण्डवको युद्ध हुंदा पाण्डवले चौध वर्ष वनबास बस्दा केही समय यहां बिताएको किम्बदन्ती रहंदै आएको छ ।

समुन्द्र सतहबाट ३३ सय फिट उचाइ र दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड क्षेत्र धार्मिकरूपमा पवित्र मानिन्छ । यस क्षेत्रमा विक्रम संवत् २००२ मा बझाङी राजा रामजंग सिंहले भारतबाट आएका एक जना साधुलाई कुटी बनाइ खप्तडको घनघोर जङ्गलमा तपस्या समेत गर्न राखेका थिए । ‘भू–स्वर्ग’को उपमाले चिनिएको खप्तड राष्ट्रिय निकुञ्ज हिउँदमा चारैतिर सेताम्मे हुने गरेको छ। चिसो मौसमको बेलामा भारी हिमपात हुने उक्त क्षेत्रमा जताततै सेतो हिउं मात्र देखिन्छ। वर्षायामका हरिया दलदले फाँटहरु पनि हिउँदे याममा सबै एकैनासको देखिन्छ।

२२ पाटन ५३ झोती (थुम्काहरु)ले परिचित ठाउँमा हिउदे याममा भने प्राय कसैले जान सक्दैनन्। २७ सयदेखि ३२ सय फिट उचाइसम्म रहेको खप्तड क्षेत्रमा मंसिर, पौष, माघ, फागुन र चैतको पहिलो हप्तासम्म पनि हिउले सेताम्य मै देखिन्छ। खप्तडमा मंसिरदेखि बैसाखसम्म कुनै पनि बेला हिउं पर्न सक्छ । एकपटक परेको हिउं धेरै दिन रहन्छ । केही दिनअघि परेको हिउंले खप्तडका पाटन सेताम्मे भइसकेका छन्। हिउं थुप्रिएपछि त्यहां जान गाह्रो हुन्छ । सेनाले बाटोको हिउं पन्छाएर ट्र्याक खोलेपछि मात्रै माथि जान सकिन्छ । फागुन लागेपछि त लेकमा गुराउंस पनि फुल्न थाल्छ । खप्तड राष्टिय निकुन्जको त्रिवेणी क्षेत्र हिउले सेताम्य भएको छ । धार्मिक रुपले महत्तव मानिने खप्तड क्षेत्र अहिले हिउले सेताम्य भएको छ। प्राकृती सुन्दरताले भरिपुर्ण खप्तड चिसो सिजनमा हिउँले सेताम्य हुन्छ भने जेठ असारमा बिभिन्न फुलहरुको ढकमक्क ढाकेकको हुन्छ  ।

गणेश बुढा

तस्वीरहरु : खप्तड राष्ट्रिय निकुञ्जको फेसबुक वालबाट