पुलिस क्लबले उचाल्याे खप्तड गोल्डकपको उपाधि, पायाे २१ लाख नगद

पुलिस क्लबले उचाल्याे खप्तड गोल्डकपको उपाधि, पायाे २१ लाख नगद


धनगढी– तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल खेल नेपाल पुलिस क्लबले हात पारेकाे छ।

शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा रुस्लान थ्री स्टार क्लवलाई नेपाल पुलिस क्लवले शुन्यका विरुद्ध एक गोल प्रहार गर्दै गोल्डकप विजेता भएको हो । नेपाल पुलिस क्लबका अभिशेक रिजालले प्रहरीका लागि कर्नर किकबाट गोल प्रहार गरेका थिए । फाइनल खेलमा गोल प्रहार गर्दै रिजाल फाइनल खेलको म्यान अफ द म्याच भए ।

उपाधिसँगै नेपाल पुलिस क्लबले २१ लाख रुपैयाँ प्राप्त गर्‍याे भने उप विजेता थ्रीस्टारले १० लाख रुपैयाँ हात पार्‍याे । कपकाे उत्कृषट खेलाडी हुन सफल नेपाल पुलिस क्लबका रवि पासवानले १५० सिसिकाे यामाहा माेटर साइकल पुरस्कार पाए ।