मनाङ मर्स्याङ्दी खप्तड गोल्डकपबाट बाहिरियो, आर्मी उपाधि नजिक

मनाङ मर्स्याङ्दी खप्तड गोल्डकपबाट बाहिरियो, आर्मी उपाधि नजिक


धनगढी– धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा साविक विजेता मनाङ मर्स्याङ्दी बाहिरिएको छ।

 

शनिबार भउको खेलमा विभागीय टोली नेपाल आर्मीसँग ३–१ गोल अन्तरले पराजित हुँदै मनाङ गोल्डकपबाट बाहिरिएको हो।

 

खेलको ९ औ मिनेटमा हेमन गुरुङको गोलले अग्रता लिएको थियो। दायाँ किनाराबाट विमल रानाले दिएको पासलाई सदुपयोग गर्दै गुरुङले गोलरक्षक विकास कुथुको हात बीचबाट गोल गरेका हुन्।

 

तर, १४ मिनेटपछि गोल गर्दै आर्मीले खेललाई बराबरी ग¥यो। बायाँ कर्नरबाट सन्तोष तामाङको प्रहार डिवक्सभित्र खेलाडीबीच अल्झिएका बला आर्मीका कप्तान भरत खवासले पहिलो हाफको २३ औं मिनेटमा हेड मार्फत गोल गर्दै खेल बराबरी गरेका हुन्।

 

 

पहिलो हाफको ४५ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। बायाँ किनारावाट दिनेश हेंञ्जनको पासलाई सदुपयोग गर्दै उनले पहिलो हाफमा २–१ को अग्रता दिलाएका थिए।

 

मनाङ दोस्रो हाफमा सुरुवातमा थुप्रै गोल गर्ने मौका चुकाउँदा दोस्रो हाफको अन्त्यतिर तेस्रो गोल थप्दै आर्मीले आफ्ना उपाधि यात्रा सुरक्षित ग¥यो।

 

कप्तान भरत खवासबट नवयुगले पाएको पास डिवक्सभित्र पाएपछि दोस्रो हाफको ८८ औं मिनेटमा सन्तोष तामाङले गोल गरे। पहिलो सेमिफाइनलमा खेलको दोश्रो हाफमा दुबै टोलीबीच कडा प्रतिस्पर्धा देखिएपनि आर्मीका सन्तोष तामाङले ८८ औँ मिनेटमा गोल गर्दै खेलको नतिजा आर्मीको पोल्टामा पारेका हुन्।

 

 

खेलमा आर्मीका नवयुग श्रेष्ठ खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए। उनले नगद १० हजार हात पारे।

 

 

यो सिजन भएको ५ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधिमध्ये आर्मीले ३ वटा उपाधि रक्षा गरेको छ भने मनाङले दुई वटा उपाधि जितेको छ।

 

आर्मी चौथो उपाधिको दौडको यात्रामा पुगेको हो। धनगढी आउनु अघि आर्मीले मोफसलका ३ र मनाङले २ उपाधि जितिसकेको छ। यी दुई टोलीले गत महिना ३ वटा नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलेका थिए।

 

गत महिना सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्डकपमा मनाङलाई आर्मीले हराएको थियो। दुहवी गोल्ड कपमा भने आर्मी पराजित भएको थियो। त्यसअघि आर्मीले वैशाखमा वीरगन्जमा विशाल स्मृति र मनाङले भदौंमा जेसिज कपको उपाधि जितेका थिए।

 

दुवहीपछि यी दुई टोलीबीच पहिलो पटक आज भएको भेटमा आर्मी जित निकाल्दै उपाधि नजिक पुगेको हो।

 

दोस्रो सेमीफाईन अन्तरगत आइतबार घरेलु टोली सुदूूरपश्चिम ११ र विभागीय टोली एपीएफबीच फाईनल प्रवेशका लागि खेल हुनेछ। फाईनल खेल भने माघ १ गते हुने छ।