खप्तड गोल्डकपः झापालाई हराउँदै थ्री स्टारको विजयी शुरुआत

खप्तड गोल्डकपः झापालाई हराउँदै थ्री स्टारको विजयी शुरुआत


धनगढी– १४ महिनापछि पुनरागमन गरेको थ्री स्टारले धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता विजयी शुरुआत गरेको छ।

 

 

धनगढी रंगशालामा सोमबार भएको खेलमा थ्री स्टारले अन्तर्गत झापा–११ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

 

 

 

खेलमा ३४ औँ मिनेटमा विदेशी मार्टिनको गोलबाट अग्रता लिएको थ्री टारले ३९ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता दोब्बर बनायो।

 

 

 

लगत्तै झापा–११ का लागि कर्ण लिम्बूले ४१ औँ मिनेटमा गोल गर्दै अग्रता घटाएका थिए।

 

 

झापाका तर्फबाट गोल भएलगत्तै ४३ औँ मिनेटमा थ्री स्टारका तर्फबाट चेम्जोङले दोस्रो गोल गरेका थिए। दोस्रो हाफमा भने दुवैतर्फबाट गोल हुन सकेन।

 

 

मंगलबार डुक स्टार भुटान र रुपन्देही–११ बीच हुने आयोजकले जनाएको छ।