काठमाण्डु- अर्थ मन्त्रालयले सरकारको आन्तरिक खर्च कटौती गर्ने निर्णय गरेको छ । मंगलबार मन्त्रालयले १४ बुँदे निर्देशिका जारी गर्दै सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती गर्ने निर्णय गरेको हो ।
देशको आर्थिक अवस्थालाई मध्यनजर गरेर सो निर्णय गरिएको जनाइएको छ । मन्त्रालयको निर्णयले चालु आर्थिक वर्षमा राज्यको २४ अर्ब ५० करोड बचत हुने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया