खेलकुदमा बजेट : ३ अर्ब ५० करोड बिनियोजन, क्रिकेट रंगशालाका लागि १ अर्ब ३० करोड

खेलकुदमा बजेट : ३ अर्ब ५० करोड बिनियोजन, क्रिकेट रंगशालाका लागि १ अर्ब ३० करोड


काठमाडु – सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै खेल क्षेत्रको पूर्वाधार विकासको लागि एक अर्ब ३० करोड बजेट छुट्याएको घोषणा गरे । उनले अगामी आर्थिक वर्ष ८० वटा राष्ट्रिय स्तरका खेलकुदहरु आयोजना गर्ने जानकारी दिए ।

टियु क्रिकेट मैदानको स्तरउन्नति गरिने ,गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गरिने उनले बताए । मन्त्री पुनले काठमाडौंको मुलपानी र बिराटनगरको गरिजाप्रसादरंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने जानकारी दिए ।

उनले १० औं राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्न ६० करोड रुपैयाँ बिनियोजन गरेको जानकारी दिए । मन्त्री पुनले शिक्षकलाई खेलकुदको तालिम दिइ विद्यालयमा खेलकुद प्रवद्र्धनका काम गर्ने बताए ।

सरकारले क्रिकेट रंगशाला निर्माण र स्तरोनतिका लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को बजेट सार्वजनिक गर्दै मूलपानी क्रिकेट रंगशाला र विराटनगरस्थित गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको योजनामा राखिएको बताए। त्यस्तै कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोनति र फाप्ला क्रिकेट रंगशालाको निर्माणलाई तीव्रता दिइने उनले बताए।