उद्योगपति राजेन्द्र खेतान जनसेवा श्रीद्धारा सम्मानित

उद्योगपति राजेन्द्र खेतान जनसेवा श्रीद्धारा सम्मानित


काठमाडौं- उद्योगपति राजेन्द्र खेतानलाई सरकारले सम्मान गरेको छ । लक्ष्मी बैंकका अध्यक्ष समेत रहेका खेतानलाई सरकारले नेपाल राष्ट्रको गौरव एवंम् जनताको हित अभिवृद्धिका लागी योगदान पुर्याएको भन्दै सम्मान दिएको हो ।

उहा जनसेवा श्रीद्धारा मंगलवार विभूषित हुनुभएको हो ।

खेतानलाई मंगलवार राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्नुभएको हो ।