खुुमबहादुरका नरे यसकारण ओलीतिर सरे

खुुमबहादुरका नरे यसकारण ओलीतिर सरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर– गुन्डालाई संरक्षण नगर्ने भन्दै राजनीतिक स्टन्ट गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार विराटनगरमा चटक देखाएका छन् । उनले अपहरणकारी र गुन्डालाई एमालेमा प्रवेश गराएर यस्तो चटक देखाएका हुन् ।

 

 

 

 

अपराधजन्य काममा संलग्न भएका आरोपीलाई मात्र पनि राजनीतिक दलमा आवद्ध गराउन नहुने विरोधका स्वर कम छैनन् । ओलीको यो काम चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार उमेश गिरीलाई एमाले प्रवेश गराउँदा देखिएको हो ।

 

 

 

कांग्रेसको संरक्षणमा अपहरण, फिरौती काण्ड एवं बुथ कब्जा लगायतका क्रियाकलापमा गिरी संलग्न थिए । उमेश गिरीसँगै पूर्वगृहराज्यमन्त्री भीमलाल राजवंशी पनि एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमालेका मोरङे नेताहरू गुरू बराल, माओवादी नेता गोपी अछामेसमेतको उपस्थिति देखिन्थ्यो ।

 

 

 

 

बिराटनगरमा एक समय भारतीय गुण्डाहरूको हालीमुहाली रहेका बेला नेपाली कांग्रेसका उमेश गिरीले मण्डले–कुण्डले परिचालन गरेर गुण्डागर्दीमा आफ्नो सत्ता स्थापना गरेका थिए ।
खुमबहादुर खड्का गृहमन्त्री भएका बेलामा बिराटनगरमा उमेश गिरीको जगजगीे थियो ।

 

 

 

 

एनआईसी बैंक, कमला रोलिङ लगायतका उद्योग व्यवसायमा संलग्न बिराटनगरका चर्चित उद्योगपति तुल्सीराम अग्रवाल खुमबहादुर गृहमन्त्री भएको समयमा बिराटगरको रोडसेस चोकबाट अपहरणमा परेका थिए ।

 

 

 

भारतीय गुण्डा पप्पु भूमिहारको समूहलाई परिचालन गरी व्यवसायी तुलसीराम अग्रवाललाई ‘उठाएर’ फिरौती लिएको चर्चा अहिले पनि चलिरहन्छ । पहिलो स्थानीय चुनावका बेलामा दक्षिणी मोरङका विभिन्न ठाउँमा उमेश गिरीको समूहले एमाले कार्यकर्ताहरूलाई लखेटेर बुथ क्याप्चर गरेको थियो ।

 

 

 

०४६ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालाको संरक्षण पाएका गिरीले ०४८ को आमनिर्वाचन, ०५१ को मध्यावधि २०५४ को स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउने निकै ठूलो धाँधली गरे ।
गिरीले फिल्मी शैलीमा बुथहरू लुट्ने गरेको अहिले पनि एमाले कार्यकर्ताहरू सुनाउँछन् ।

 

 

 

राजनीतिमा इमान नहुने भएकाले एउटा उखान ‘ओल्लो घरका नरे पल्लो घरमा सरे’ भनेजस्तो गिरी खुमबहादुरका ‘नरे’ थिए । कांग्रेसभित्र संरक्षण हुने अवस्था नदेखेपछि ओलीको हातको टिको लगाएर एमालेभित्र छिरेका गिरीले अब बामपन्थीका नाममा तहल्का मच्चाउने धेरैले अनुमान गरेका छन् ।