प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङले आफ्नो परमाणु तथा अन्तरद्विपिय ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षणमाथि लागको रोक हटाउने बताएका छन् ।
सरकारी समाचार एजेन्सी केसीएनएले किमलाई उद्र्धृत गर्दै भनेको छ, ‘हाम्रा लागि एकतर्फी प्रतिबद्धता कायम राख्नका लागि कुनै आधार छैन ।’
किमले सत्तारुढ पार्टीका अधिकारीहरुसँग भनेका छन्, ‘विश्वले एक नयाँ सामरिक हतियार देख्नेछ, जुन निकट भविष्यमै उत्तर कोरियासँग हुनेछ ।’
किमको यो फैसलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रोधित पार्न सक्छ । किनकी उत्तर कोरियाले अमेरिकासँग आफ्नो परमाणु हतियार समाप्त गर्ने सम्झौता गरेको थियो ।
किमको यो पैmसलाप्रति अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले भनेका छन्, ‘आफ्नो मुलुक परमाणु मिसाइल परिक्षण बहाल गर्ने उत्तर कोरियाको धम्कीबाट अन्यन्त निराश भएको छ । तर अमेरिका प्योङयाङसँग टकरावका सट्टा शान्ति चाहन्छ ।’
किम राष्ट्रपति ट्रम्पसँग गरिएको प्रतिबद्धताबाट मोडिएका हुन् भने यो निराशाजनक भएको पोम्पियोले बताएका छन् । उनले एबीसी टेलिभिजनसँग भने, ‘हामीले आफ्नो प्रतिबद्धता निभाएका छौ । हामी आशा राख्छौ कि उनीहरुले पनि आफ्नो प्रतिबद्धता निभाउने छन् ।’
प्रतिक्रिया