चीनको निर्णयसंगै एक्लियो कोरीया,अमेरीका उत्तर कोरीयामाथी आक्रमण गर्ने तयारीमा

चीनको निर्णयसंगै एक्लियो कोरीया,अमेरीका उत्तर कोरीयामाथी आक्रमण गर्ने तयारीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरिया र चीनको सम्बन्ध पनि बिग्रदै गएको छ । अमेरीका र उत्तर कोरीयाबीच तनाव बढिरहदा चीनले पनि अमेरीकी कदमलाई नै समर्थन गरेको छ ।  कोरीयाली प्रायद्धिपमा देखिएको समस्या  शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्ने चिनिया धारणा सार्वजनिक भएपनि पछिल्लो समय भने उत्तर कोरीयाको आणविक कार्यक्रमप्रती भने चीनले विरोध जनाउदै आएको छ ।

 

 

चीनले  संयुक्त राष्ट्रसंघको नीतिबमोजिम नै उत्तर कोरीयामाथी ब्यवहार गरिनुपर्ने धारणा सार्वजनिक गरेको छ । उत्तर कोरीयाको नजिकको मित्र भनेर चिनिने चिनले चीनमा रहेका कोरीयाली कम्पनी बन्द गर्ने घोषणा गरेको छ ।

 

 

चीनको वाणिज्य मन्त्रालयले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा नाकाबन्दीको प्रस्ताव पारित भएकोे १२० दिनभित्र चीनमा संचालनमा रहेका कोरीयाली कम्पनीहरु बन्द गर्ने जनाएको छ । उसले चीन बाहिर रहेका कोरीयाली कम्पनीहरुमा संचालित संयुक्त चिनिया उद्यम पनि बन्द गर्ने घोषणा गरेको छ ।

 

 

उत्तर कोरीयाले छैठौ पटक आणविक हतियार परीक्षण गरेपछि संसारका सबै शक्तिशाली मुलुकहरु विरोधमा रहेका छन् ।  राष्ट्रसंघले कोरीयामाथी सेप्टेम्बर १२ मा थप नाकाबन्दी लगाएको थियो ।

 

 

संयुक्त राष्ट्रसंघीय महासभामा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई ध्वस्त पार्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा कोरीयाले विदेशमन्त्रीले अमेरीकाको विनास गर्ने चेतावनी दिएका थिए ।

 

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उत्तर कोरीयाले गरेको हाइड्रेजन बम परिक्षणको विरोध जनाएका थिए । केही दिन अघि मात्र अमेरीकाले दक्षिण कोरीयासंग मिलेर उत्तर कोरीयाको सिमा नजिक हवाई गस्ति सुरु गरेको थियो ।

 

उत्तर कोरीयाको नजिकका मित्र ठानिएका रुस र चीनले पनि पछिल्लो समय उत्तर कोरीयाली नेता किम जोङ उनको विरोध गर्दै आएका छन् ।

 

चीनले  यसअघि नै प्रसोधित पेट्रोलियम पदार्थमा अक्टोबर १ देखि उत्तर कोरियामा निर्यात नगर्ने घोषणा गरिसकेको छ । चीनले उत्तर कोरीयाली कम्पनीहरु बन्द गर्ने घोषणा गरेसंगै उत्तर कोरीयामाथी थप दबाव सिर्जना भएको छ ।

ऐजेन्सीको सहयोगमा