काठमाण्डु– आजबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख (एआईजी) किरण बज्राचार्य अवकाशमा जाँदै छिन् ।
५६ वर्षे उमेर हदका कारण आज रातिबाट बज्राचार्य अनिवार्य अवकाशमा जाने भएकी हुन् ।
उनी अवकाशमा जाने भएसँगै प्रहरीमा २ एआईजी रिक्त हुने भएका छन् ।
यसअघि एआईजी भरतबहादुर बोहरा उमेर हदकै कारण गत पुस ११ गतेदेखि अवकाश भएका थिए । फुली लगाएको २ हप्तापनि राम्रो काम गर्न नपाउँदै बोहरा अवकाश भएका थिए ।
एआईजी बढुवाका लागि डीआईजी कुवेर कडायत, चन्द्रकुवेर खापुङ, रवीन्द्र केसी, जनक भट्टराई बढुवाको दाबेदार छन् ।
प्रतिक्रिया