माओवादी केन्द्र छोडेका गोपाल किराती प्रचण्डसंग भेटेपछि फेरी माओवादीमै फर्किए

माओवादी केन्द्र छोडेका गोपाल किराती प्रचण्डसंग भेटेपछि फेरी माओवादीमै फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–वामपन्थी गठबन्धनसँगै नेकपा एमालेसँग पार्टी एकीकरणको चरणसम्म पुग्ने सहमति गरेपछि नेकपा माओवादी केन्द्रका नेता तथा १ नम्बर प्रदेशका इञ्चार्ज गोपाल किराँतीले माओवादी छाड्ने घोषणा गरे ।

 

 

 

 

यो एकीकरण प्रक्रियाको विरोध उनले मिडिया र सार्वजनिक ठाउँमा मात्र गरेनन्, माओवादी हेडक्वार्टरसम्म पनि पुराए । उनको त्यो घोषणा नयाँ पार्टी गर्ने, माओवादीको सैद्धान्तिक सहमतिको विरोधमा या एकताको विपक्षमा भन्दा पनि एकीकरणपछिको आफ्नो पदिय हैसियतको ‘बार्गेनिङ’ थियो । किराँतीको उक्त घोषणाले वाम एकीकरण प्रक्रियामा खासै असर त गरेको थिएन तैपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनको कुरा सुन्न चाहे ।

 

 

 

‘तपाईको कुरा के हो ? खासमा किन यो राजनीतिक ध्रुविकरणको कडा आलोचना र विरोधमा उत्रिनुभयो ?’, लाजिम्पाटमा प्रचण्डनिवास छिरेका किराँतीलाई प्रश्न थियो । ‘एमालेसँग एकीकरण गरेर कसरी अगाडी बढ्न सकिन्छ ? एमाले हाम्रो प्रमुख शत्रु होइन ?’, उनको प्रतिप्रश्नसहितको उत्तर थियो । वामपन्थी एकीकरणमा सहयोग गर्नका लागि प्रचण्डले उनलाई सम्झाउन खोजे तर किराँतीले आफ्नो हैसियत के हुने ? भन्दै पार्टी छाड्ने धम्की प्रचण्डलाई दिए ।

 

 

‘यसो गर्नुहोस् तपाई आन्दोलन र क्रान्तिको बाटोमा हिँड्दा थाक्नुभयो, अब विश्राम लिनुहोस्’, प्रचण्डले किराँतीलाई जवाफ फर्काए,‘तपाईको यो थकानको उपचार भनेकै विश्राम हो ।’ वार्गेनिङका लागि लाजिम्पाट पुगेका किराँती अक्क न बक्क भए । साथमा प्रचण्डले अन्तिम मौका दिँदै भने,‘वामपन्थीको राजनीतिमा सक्रिय हुनुस्, वचकना कुरा गरी नहिँड्नुस् ।’ त्यसपछि किराँती लुरुलुरु माओवादीको जिम्मेबारीमा रहनेगरी फर्किए ।

 

 

 

 

आवेशमा उचालिने र पछि थेचारिने किराँतीका राजनीतिक उदण्डताका परिणति बनेका छन् । यसअघि पनि उनले कयन विषयमा यस्तो नियति भोग्नुपरेको छ । माओवादी केन्द्र शान्ति प्रक्रियाको क्रममा रहेका बेला उसको भारतसँग सुमधुर सम्बन्ध थिएन । तत्कालिन सैनिक प्रमुख रुक्माङ्गत कट्वाललाई कारवाही गर्न नसक्दा सरकारबाट बाहिरिएपछि माओवादी भारतविरोधी अभियानमा सक्रिय रहेको थियो । सभा र कार्यक्रममा भारतको विरोध भइनै रहन्थ्यो ।

 

 

 

सोही क्रममा तत्कालिन नेपालका लागि भारतीय राजदूत राकेश सुदलाई सोलुखुम्बुमा जुत्ता प्रहार गर्ने किराँतीको उदण्डता प्रचण्डले हेर्दैमात्र आएका थिए । किराँतीको उक्त हर्कतविरूद्ध सुदले माओवादीविरूद्धका डकुमेन्ट नै तयार पारेका थिए ।

 

 

 

कतिसम्म भने भारतीय माओवादीसँग नेपालका माओवादीको कनेक्सन रहेको एउटा भिडियो उनले साउथ व्लकमा बुझाए । माओवादी विरोधी अभियानमा तत्कालिन भारतीय संस्थापन सक्रिय भएको थियो । ‘भारतले गोपाल किराँतीलाई निक्कै नराम्रो दृष्टिकोणमा राख्यो । तर, पछि उनै भारतीय पक्षधर भएर निस्किएपछि माओवादीमा टिक्न सफल भए ।’, उच्च स्रोतले भन्यो ।

 

 

किराँतीको उदण्डता यहाँ रोकिएन । एमालेप्रति निक्कै आक्रामक किराँतीले राजनीतिक दाउपेच गर्नका लागि ०७० को संविधानसभाको निर्वाचनमा केपी ओलीको क्षेत्रमा चुनाव लड्ने घोषणा गरी झापासम्म पुगे । तर, ओलीको लोकप्रियता, एमालेको सांगठनिक अवस्था र माओवादी पार्टीको दबाबका कारणले किराँती त्यहाँबाट व्याक भए । उनी फेरि थेचारिए !

 

 

 

पार्टीभित्र पनि बाहुन नेतालाई बढि आक्रामक शैलीमा गाली गर्ने किराँतीलाई प्रचण्डले १ नम्बर प्रदेशको जिम्मेबारीमा राख्ने निर्णय त्यतिबेला गरे जतिबेला राम कार्की सञ्चारमन्त्रीमा नियुक्त भए । ‘यो जिम्मेबारीले उनलाई पार्टीलाई अघि बढाउने ज्ञान दिनसक्ने अनुमान गरिएको थियो ।

 

 

 

तर, उनी झन् मात्तिएको अनुभुति अध्यक्षले गर्नुभयो ।’, उच्च स्रोतले भन्यो,‘त्यहि पनि लामो आन्दोलनमा सहयात्री भएका नेतालाई किन विच्काउने समझदारीमा नै अघि बढाऔं भन्दा अध्यक्षकै विरोधमा सक्रिय भए ।’

 

अहिले किराँती माओवादीकै सैद्धान्तिक विचार र सांगठनिक कार्ययोजनाअनुसार काम गर्ने वाचा गरेर फर्किएका छन् । आजको जनप्रहार साप्ताहिकमा खबर छ ।