काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर पांगा युवाकालदेखि नै आउजाउ गर्ने, बस्ने र सिक्ने थलो भएकोले कीर्तिपुर पांगा आउँदा मलाई माइती आएजस्तो लाग्ने बताएका छन् ।
शनिबार बिहान कीर्तिपुरको जनसेवा माध्यामिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कीर्तिपुर आफ्ना लागि आउजाउ भइरहने थलो भएको बताएका हुन् । उनले भने, पञ्चायतविरोधी आन्दोलनमा आफू भूमिगतरुपमा बसेर प्रशिक्षण गर्ने, अन्तक्र्रिया चलाउने थलो कीर्तिपुरको पांगा भएको उनको भनाइ थियो।
उनले जनयुद्ध र जनआन्दोलनपछि पहिलो संविधानसभामा आफू यसै क्षेत्रबाट उम्मेदवार बनी विजयी भइ गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेको बताए। ‘जनयुद्ध र जनआन्दोलनपछि पहिलो संविधानसभामा निर्वाचन लड्ने थलो पनि कीर्तिपुर बन्न पुग्यो’, उनले भने, ‘तपाईंहरुको भरोसा विश्वासले म यहाँबाट निर्वाचित भएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुने अवसर पनि मलाई प्राप्त भयो।’
यिनै कारणले कीतिपुर, कीतिपुरवासी, नागरिक अगुवासँग आफ्नो भावनात्मक र सांस्कृतिक सम्बन्ध रहेको बताए। उनले र्कीितपुर सामान्ती राज्य निर्माणमा भएको ऐथितहासिक युद्धको थलो भएको र गाणतन्त्र निर्माणमा अग्रणी भूमिका खेलेको थलो भएका कारण युद्ध स्मारक पार्क निर्माणका लागि आफूले पहल गर्ने बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सामुदायिक विद्यालयको शैक्षिक स्तर र भौतिक सुविधा कम भएको चर्चा चल्दै आएको भए पनि केही वर्षदेखि त्यो सोचाइमा परिवर्तन आउन थालेको उनले बताए।
प्रतिक्रिया