किर्ते गरेको आरोपमा पूर्व उपरथी बस्नेतमाथि अख्तियारले सुरु गर्यो छानविन

किर्ते गरेको आरोपमा पूर्व उपरथी बस्नेतमाथि अख्तियारले सुरु गर्यो छानविन


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनाका भूतपूर्व उपरथी विनोज बस्नेतमाथि नागरिकता किर्ते आरोप मा छानविन शुरु गरेको छ ।

बस्नेतबिरुद्ध २०७२ फागुन २३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी  दर्ता भएको थियो । अख्तियारका एक अधिकृतले दिएको जानकारी अनुसार उनीमाथि नागरिकता किर्ते गरेको विषयमा छानविन सुरु भएको छ ।

उनीमाथि नेपाली सेनामा २०३६ सालमा सिपाहीमा भर्ना हुँदा १८ बर्षको उमेर भएको उल्लेख गरिएको थियो । अधिकृत तहमा बढुवा हुने क्रममा २०३८ सालमा पनि उनको उमेर १८ बर्ष भनेर उल्लेख गरेको उनीमाथि आरोप लगाइएको छ ।

आयोग स्रोतका अनुसार बस्नेतले जाली सर्टिफिकेट पेश गरेर आईएनै पास नगरी अधिकृत क्याडेटमा फारम भरेका थिए ।

उजुरीमा राजदरबारमा एडिसी बसेर सबै किर्ते काम कार्बाही लुकाउन सफल भएता पनि २०७२ सालमा केपी ओली प्रधानमन्त्री हुँदा उनको किर्ते प्रकरण बाहिरिएको भनिएको छ ।

बस्नेतले पेश गरेको फरक–फरक जन्म मिति, नागरिकता र सर्टिफिकेटबारे छानविन शुरु भएको स्रोतले दावी गरेको छ ।